Daesh operates from Kerala, confirms The Hindu
27/02/2017
The Hindu festival Maha Shivaratri – in pictures
27/02/2017
Show all

जसले कथित धार्मिक गुरुहरुको उठिबास लगाए, ओशोका १० रोचक घटना

ओशो, आध्यात्मिक गुरु तथा सेक्स गुरुको नामले बढी चिनिन्छन्। भारतको संस्कृति र धर्ममा उनले निकै कडा प्रभाव पारेका थिए। स्वभावैले क्रान्तिकारी उनले आफ्नै देश भारतमा निकै आलोचनाको शिकार समेत हुनुपर्यो। तथापी पश्चिमी देशहरुमा भने उनलाई निकै सम्मान दिइयो, आध्यात्मिक गुरुको दर्जामा राम्ररी स्थापित भएका थिए।

सन् १९३१ डिसेम्बर ११ मा जन्मेका उनको सुरुवाती नाम चन्द्र मोन जैन थियो। पछि उनलाई आचार्य रजनिश बोलाइयो। सन् १९६० को दशक पछि भगवान श्री रजनीशले चिनिए अनि सन् १९७० पश्चात ओशो नाम चर्चित बन्यो।

उनको प्रवचन सेक्सलाई लिएर निकै उदार मानिन्छन्। अध्यात्म र शारिरीक सम्बन्ध आपसमा सम्बन्धित रहेको उनका रेकर्डेड प्रवचनमा सुन्न पाइन्छ। सेक्स प्रति उदार नीतिका कारण उनलाई भारतीय मडियाले निकै आलोचना गरेपछि ‘सेक्स गुरु’ भनि नाम उनीमाथी थोपरिएको थियो।

ओशोसंग ९८ वटा रोल्स रोयस कार थियो। सबै कार उनका अनुयायीहरुले दान दिएका थिए। जव उनीसंग प्रश्न सोधिन्थ्यो, गरिबलाई किन दान दिनुहुन्न ? उनी भन्थे, ‘विश्वका सबै धर्मले गरिबको हेरविचार गरेका छन्, मलाई धनीहरुको हेरविचार गर्न दिइयोस्’ ओशोले आफुलाई ‘धनीहरुको गुरु’ बताउँथे। अध्यात्ममा यसरी धन जोडिदा अलि अवास्तविक लाग्नु स्वभाविक हो, तर ओशो तर्क गर्थे, जबसम्म सांसरिक सुख भोग हुँदैन सो व्यक्ति अध्यात्म बुझ्न र त्यस तर्फ झुक्न सक्दैन।

ओशोले सबैभन्दा बढी चर्चा गर्ने गरेको किताब ‘द बुक अफ मिरडाड’ (The Book of Mirdad) विश्वमा निकै कम पढिएको अनि पढेका मध्येमा पनि निकै कमले मनपराएको किताब हो।

आफ्ना प्रवचनमा उनी आफ्नै धारणा, दृष्टीकोण, अनि तर्क दिन्थे। उनका हरेक प्रवचन समाजमा चलिरहेको रितीथिती, परम्परा अनि संस्कृति विरुद्ध हुन्थ्यो। विना तर्क उनी बोल्दैनथे। त्यसैले छिट्टै पश्चीमीहरु उनको प्रवचन तर्फ आकर्षित भएका थिए। उनको हिन्दामा र अंग्रेजीमा दिइएको प्रवचन अहिले इन्टरनेटमा देख्न सुन्न पाइन्छ।

भारतमा आफ्ना अनुयायीको सङ्ख्या बढ्न नसकेपछि उनी सन् १९८१ मा अमरिका पुगेका थिए। जहाँ एक अन्तराष्ट्रिय समुदाय स्थापना भयो जसलाई पछि रजनीशपुरमको नामले चिनियो। यो ठाउँ अमेरिकाको ओरेगनमा थियो। यहाँ ओशो आफ्ना अनुयायीहरुसंग साथ बस्दथे। उनका अनुयायीहरु ओशोले निर्दिष्ट गरेको विधि आत्मसात गरि ध्यान गर्थे। सो ध्यान विधि अझ स्पष्ट पार्न उनी कथा, कविता तथा अन्त दार्शनिक प्रवचन दिने गर्थे अनि अनुयायीका प्रश्नको जवाफ दिन्थे।

रजनीश आफ्ना ११ जना दाजुभाइ मध्येका सबैभन्दा कान्छा थिए।

आमाबाबुको व्यक्त दैनिकीको कारण उनी आफ्नो मामली हजुरबा-आमासंग बस्दथे। उनको हजुरबुबाको निधन पछि उनी गदरवारामा आफ्नो आमाबाबुसंग बसेका थिए।

केही वर्ष पछि उनी आस्तिक विरोधी भए। हिम्नोसिस तर्फ उनी आकर्षित भएका थिए। आस्तिक विरोधी भएतापनि उनी आफुलाई नास्तिक बताउँदैन थिए। उनी भगवान मान्दैनथे तर मानिस भित्र हुने दैविक गुण मान्दथे, जान्दथे।

२१ वर्षको उमेरमा परिवारले उनलाई विवाहको लागि दबाद दियो। सन् १९५३ मार्च २१ मा जब्लापुर स्थित एक बगैचाको रुखमूनी ध्यानको क्रममा उनलाई बुद्धत्व प्राप्त भयो। खोक्रो कर्मकाण्ड र झुठो आश्वसन फैलाएकोमा उनले भारतीय धार्मिक गुरुहरुको कडा आलोचना गर्थे। अर्को तर्फ धनी अनि ठूला व्यावसायीहरु उनी तर्फ आकर्षित भएका थिए।

ओशोले आफ्ना अनुयायीहरुलाई ध्यान विधि र अध्यात्म सिकाउँदै गए र सन् १९९० जनवरी ९ मा अमेरिकाबाट भारत फर्किएपछि पुनेमा उनको हृदयघातबाट मृत्यु भयो। केही स्रोतहरु भने उनलाई अमेरिकी सरकारले हत्या गरेको बताउँने गर्छन् जुन अहिलेसम्म रहस्यमै छ।

Source: Nepali Headlines

Leave a Reply